Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको भौतिक प्रगति ७० प्रतिशत

राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको भौतिक प्रगति ७० प्रतिशत

बाँके, २३ कात्तिक । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको काम तीव्र पारिएको छ । बर्दियाको पूर्व–पश्चिममा गरी ३६ हजार हेक्टर क्षेत्रफलमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको हो । बबई नदीको पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्वी भेगमा २१ हजार हेक्टरमा सिँचाइ पु¥याउन नहर निर्माण भइरहेको आयोजनाका प्रमुख मधुकर रानाको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
आयोजनाले हालसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ । अहिलेसम्म मुआब्जा वितरणसमेत गरी रू. ७५ करोड ६३ लाख ५५ हजार चालू आर्थिक वर्षसम्म खर्च गरेको जानकारी रानाले दिए । आयोजनाले अधिग्रहण गर्ने जग्गामा मूल्यांकनपछि मुआब्जा वितरण गत आवमै सम्पन्न गरिने उनले बताए
गत आव २०७६÷७७ मा आयोजनाको भौतिक प्रगति ६१ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत थियो । कमाण्ड एरिया विकासमा बबई एक हजार १०० हेक्टर थप जमीनमा सिँचाइ पु¥याउन सकेको रानाले जानकारी दिए । ३६ हजार हेक्टरमध्ये २२ हजार ६०० हेक्टर जमीनमा सिँचाइ पु¥याएको उनले बताए । मूल नहर पश्चिमतर्फ ३४ किलोमिटर बनिसकेको छ ।
आयोजनाले गरेको नहर निर्माणमा विसं २०७१ तथा २०७४ मा आएको बाढीले बगाएको हुँदा बाढीबाट भत्किएका संरचना र नयाँ संरचना थपेर पश्चिमी मूल नहर गुलरियासम्म सिँचाइ पु¥याउने लक्ष्य लिएको छ । पश्चिम क्षेत्र विकास विस्तार सिञ्चित क्षेत्र बचावटका लागि तटबन्ध निर्माण, शाखा उपशाखा नहरको आधुनिकीकरण लगायत काम गर्दै आएको छ ।
आगामी वर्षसम्म पश्चिमी भेगको नहर निर्माण गुुलरिया नगरपालिकाको पर्वतीय मन्दिरसम्म गरिसक्ने लक्ष्य छ । बबई सिँचाइ आयोजनाले यस वर्ष पूर्वतर्फ बाँकी रहेको करीब २ किलोमिटर मूल नहर आधुनिकीकरण गरी ३४ किलोमिटर नहर निर्माणको लक्ष्य लिएको छ । बबई नदीको बायाँतर्फका ६ ओटा जोखिम क्षेत्रमा व्यवस्थित नदी नियन्त्रणका लागि सिञ्चित क्षेत्र र संरचना बचावटका लागि ठेक्का आह्वान भई मूल्यांकन चरण पूरा भएको आयाजनाले बताएको छ ।
बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना संरक्षण तटबन्ध पुनर्निर्माण तीन किलोमिटर भइरहेको छ । पूर्व नहर प्रणालीको शाखा उपशाखा तथा विभिन्न संरचना निर्माण भइरहेको आयोजनाले बताएको छ । भेरी बबई डाइभर्सन पूरा भएपछि आयोजनाले सिञ्चित क्षेत्रको गर्नुपर्ने विभिन्न कार्यका प्रक्रिया अगाडि बढाउन सरोकोरवाला निकायसँग छलफल तथा अन्तरक्रिया भएको बताएको छ ।
वर्षमा फागुनदेखि जेठसम्म मात्र निर्माण गर्न सकिने उनको भनाइ छ । शाखा उपशाखा प्रशाखाहरू १७ किलोमिटर पक्की नहर निर्माण गर्ने योजना छ । त्यसैगरी बबई नदीको बायाँतर्फ चार किलोमिटर तटबन्ध गर्ने र यस वर्ष चार हजार हेक्टर जमीनमा सिँचाइ पु¥याउने योजना छ ।
बबई सिँचाइ आयोजनाको हालसम्ममा ३४ किलोमिटर नहर निर्माण गरिसकेको छ । आगामी आव २०७८÷७९ सम्ममा ४३ किलोमिटर नहर बनाउने आयोजनाको लक्ष्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x