सोमबार शेयर कारोबारमा उत्साह, साढे तीन अर्ब बढीको कारोबार
काठमाडौं, २४ कात्तिक । सोमवार ३ अर्ब ६९ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ। कारोबारले उत्साह भरिए पनि परिसूचक भने ४.२२ अंकले मात्र बृद्धि भएको छ।
१ सय ९५ कम्पनीको कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । कम्पनीको ५५ करोड रुपैयाँको शेयर कारोबार भएको छ। उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन हालसम्मकै उच्च अर्थात ९ सय ६९ रुपैयाँ कायम भएको छ।
कुल १२ समूहको कारोबारमा ६ वटा समूहको सूचक बढेको छ भने बाँकी ६ वटा समूहको तल झरेको छ। ।
यस्तै सोमबार कर्पोरेट डेभपलमेन्ट बैंकका लगानीकर्ताहरुको सबैभन्दा धेरे कमाएका छन् । बैंकको प्रतिशेयर २ सय २० रुपैयाँमा कारोबार भएको छ भने सबैभन्दा धेरै गुमाउनेमा घलेमदी हाइड्रोपावरका लगानीकर्ता परेका छन् । कम्पनीको शेयर मूल्यम ४.८६ प्रतिशतले घटेर प्रतिकित्ता १ सय ३७ रुपैयाँमा कारोबार भएको छ।