Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघबीच पेन्सनर कर्जा प्रवाहसम्बन्धी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघबीच पेन्सनर कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं, २४ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघबीच संघका सदस्यहरूलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमवार सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोरकुमार लामाले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात् नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिश गर्नेछ । बैंकले सिफारिश भएर आएका सदस्यहरूलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही अधिकतम १० लाख रुपैयाँसम्म आधार दरमा २ प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्ने छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिई आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पुर्याउने बताए । त्यसैगरी संघका अध्यक्ष किशोर कुमार लामाले अवकाश प्राप्त सुरक्षाकर्मी साथीहरुले नोकरीपछि वैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए ।
बैंकको हाल ७७ जिल्लामा २४२ ओटा शाखा कार्यालय, २०५ ओटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x