सूर्या लाइफद्वारा १०.५२५ प्रतिशत लाभांश घोषणा
काठमाडौं, २६ कात्तिक । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र करसहित ५.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले उक्त लाभांश बीमा समितिबाट र आगामी साधारणसभाबाट पारित भएपछि वितरण गर्ने जनााएको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड ५१ लाख रहेको छ । कम्पनीले घोषणा गरेको १० करोड ७७ लाख ५६ हजार रुपैयाँ बोनस वितरणपश्चिात पुँजी २ अर्ब २६ करोड बढी पुग्नेछ।