Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

काठमाडौं, २६ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बाँकेको खजुरा गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौता मंगलबार खजुरामा भएको हो । सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहनेहरुलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

कायक्रममा बैंंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले यस्तो कर्जाले निर्वाहमुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले यस्तो कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाँउपालिकाको संस्थागत ग्यारेण्टी हुने बताउनुभयो ।

उक्त कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष एकमाया बि.क, गाँउपालिकाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, सल्लाहकार भीम वली, कर्मचारीहरु, स्थानीय उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x