Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नबिल बैंकको खुद नाफा घट्यो

नबिल बैंकको खुद नाफा घट्यो

काठमाडौंं, २९ कात्तिक । नबिल बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा एक अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको पहिलो त्रैमासभन्दा ७.८२ प्रतिशतले कम हो । अघिल्लो वर्ष उक्त कम्पनीले एक अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १७.६९ प्रतिशत र ७.६७ प्रतिशतले घट्दा खुद नाफा प्रभावित भएको देखिन्छ । कम्पनीको वितरण योग्य नाफा भने ६२.८५ प्रतिशतले बढेकोे छ ।

प्रथम त्रैमासमा कम्पनीले एक खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५७ अर्बभन्दा बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष एक अर्ब ६० करोड रुपैयाँ रहेको संचालन मुनाफा घटेर यो वर्ष एक अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष ७४ करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको कम्पनीले चालू आवको पहिलो त्रैमासमा बढाएर एक अर्ब २० करोड रुपैयाँ पुर्‍याएको छ । कम्पनीले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः १३.३८ प्रतिशत र १६.०२ प्रतिशतले बढाएको छ ।

कम्पनीको चुक्तापूँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x