Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पुनः लकडाउन गर्ने प्रस्तावको विपक्षमा हवाई सेवा व्यवसायीहरु

पुनः लकडाउन गर्ने प्रस्तावको विपक्षमा हवाई सेवा व्यवसायीहरु

काठमाडौं, २९ कात्तिक ।केही दिनअघि उपत्यकाका मेयरहरुको छलफलले पुनः लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । उक्त प्रस्तावको विपक्षमा हवाई सेवा व्यवसायीहरु उभिएका छन् ।छठलगत्तै पुनः लकडाउन जारी गर्नुपर्ने उक्त प्रस्तावप्रति हवाई व्यवसायीको छाता संगठन वायुसेवा संचालक संघले आपत्ति जनाएको हो ।

६ महिनापछि खुल्न पाएको व्यवसायले गति लिन नसकेको अवस्थामा पुनः ठप्प हुने जानकारी आएपछि संघले सरकारको ध्यानाकर्षण गरेको छ। शिथिल भएको पर्यटन, उड्डयन तथा यातायात क्षेत्रमा आबद्ध हजारौं जनशक्तिको रोजगारी जाने र आश्रित परिवारको रोजीरोटी खोसिने हुँदा थप व्ययभार बढ्ने भएकाले पुनः बन्दाबन्दी गर्नु न्ययोचित नभएको संघले जनाएको छ।

अहिले वायुसेवा कम्पनीहरु ६ अर्ब रुपैयाँभन्दा बढी घाटामा गएको संघले बताएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गर्दै कोभिड–१९ संक्रमण नियन्त्रण गर्न सकिने प्रमाणित हुँदै आएको तथ्यलाई मध्यनजर गर्दै पुनः बन्दाबन्दी गर्नु भनेको सरकार जिम्मेवार नभएको भन्ने बुझिने संघको भनाई छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव अनुसार निजी क्षेत्रले पर्यटन क्षेत्रलाई गति दिन विभिन्न आकर्षक प्याकेज सार्वजनिक गरिसकेको हुँदा पुनः बन्दाबन्दी गर्ने छलफल कार्यन्वयनमा नल्याउनका लागि संघले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

कोरोनाबाट जोगिन संघले स्वास्थ्य सुरक्षा अवलम्बनलाई थप प्रभावकारी बनाउन र नियम उल्लंघन गर्नेलाई अनिवार्य दण्डको व्यवस्था गर्न माग गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x