Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलोमा ५० हजार उपहार

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलोमा ५० हजार उपहार

काठमाडौं, २९ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडले तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ । देउसी भैलोमा सहभागि हुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसी भैलो गीत भिडियो बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ ।

यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागिहरुले बढिमा ३ मिनेटसम्मको भिडियो यही मङ्सिर १ गतेसम्म पठाउनु पर्ने छ । कोरोना भाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमा गएर देउसी भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x