चालु आर्थिक वर्षको ३ महिनामा ८५ अर्ब ४० करोड वैदेशिक सहायता प्राप्त
काठमाडौं, ३० कात्तिक । चालु आर्थिक वर्षको ३ महिना मा ८५ अर्ब ४० करोड रुपैयाँ वैदेशिक सहयाता प्रतिवद्धता प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार गत वर्षको सोही अवधिमा वैदेशिक सहायता परिचालन १५ अर्ब ६७ करोड रुपैयाँ मात्र थियो । गत वर्षको तुलनामा यो वर्ष वैदेशिक सहायता परिचालन ७० अर्ब बढी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म प्राप्त प्रतिवद्धता मध्ये अनुदान सहायता ७ अर्ब ९८ करोड रुपैयाँ छ । यसैगरी ऋण सहायता ७७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । कुल सहायता मध्ये सडक तथा सुशासन क्षेत्रमा ६३, ऊर्जामा ३३, शिक्षामा २ र पुननिर्माणमा १ र कोरोना भाइरस महामारी नियन्त्रणमा १ प्रतिशत अंश रहेको अर्थले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कुल सहायतमा मध्ये अनुदान ९ प्रतिशत र ऋणको अंश ९१ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अंश क्रमश ७८.८ र २१.२ प्रतिशत थियो ।
विश्व बैंक, एसियाली विकास बैंक ९एडीबी०, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत अन्य मुलुकहरुले सो रकम सहायताको प्रतिवद्धता जनाएका हुन् ।