Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ट्राफिक प्रहरीले तिहारलाई लक्षित गरी दिउँसो पनि मापसे चेकिङ गर्ने

ट्राफिक प्रहरीले तिहारलाई लक्षित गरी दिउँसो पनि मापसे चेकिङ गर्ने

काठमाडौं, ३० कात्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिहारमा हुने दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै ट्राफिक चेकिङलाई थप कडा बनाएको छ। तिहारको समयमा हुन सक्ने दुर्घटनालाई न्यनिकरण गर्न ट्राफिक प्रहरीले संक्रियता बढाएको हो।

तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा ट्राफिक प्रहरीले दिउँसो पनि मापसे चेकिङ गरिरहेको छ ।

चाडपर्व भन्दै मादकपदार्थ खाएर सवारी चलाउने गरेको पाइएकोले तिहारमा निगरानी बढाउँनु परेको हो । मादकपदार्थ सेवन गरेर सवारी चलाउँन भैपरी आउँने घटना कम गर्न संक्रिय रुपमा ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले दशैं तथा तिहार लक्षित सुरक्षा योजनाको लागि ७ सय ४९ प्रहरीको जनशक्ति थप गरेको छ। त्यस्तै अन्य समयमा हुने चेकिङ प्वाइन्टहरु पनि थप गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x