Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध बन्न प्रधानमन्त्री ओलीको आग्रह

राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध बन्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन सबैमा आह्वान गरेका छन् । हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार तथा भाइटीकाको अवसरमा शुभकामना सन्देश दिँदैै प्रधानमन्त्री ओलीले एकतामार्फत् समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताएका हुन् ।

त्यस्तै उनले शुभकामना सन्देशमा तिहार पर्व मान्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका हुन्।

भाइटीकाले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको उनले बताएका छन्। ‘‘यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी÷भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रतृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ,’’ उनले भनेका छन्।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन आग्रहसमेत गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x