Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

युनाइटेड इदी मर्दीको आईपिओमा आवेदन खुला

युनाइटेड इदी मर्दीको आईपिओमा आवेदन खुला

काठमाडौं, ३ मंसिर । युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरको आजबाट आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ४३ हजार ६ सय ९६ कित्ता सामुहिक लगानी कोषहरुलाई र १७ हजार ४ सय ७८ कर्मचारीलाई छुट्याईएको छ । बाँकि रहेको ८ लाख १२ हजार ७ सय ३६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि-आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट मंसिर ७ गते आइतबारसम्म आवेदन दिन सकिन्छ ।

शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x