Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूको सबै शाखाबाट भुक्तानी गर्न सकिने

कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डूको सबै शाखाबाट भुक्तानी गर्न सकिने

काठमाडौं, १० मंसिर । कर्मचारी संचय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ । कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई बैंक अफ काठमाण्डूको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्नेछन् ।

यो सुबिधाले ग्राहकको समय बचत हुनुकासाथै बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट झुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हाल ८९ शाखा कार्यालय, ७८ एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *