Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

एनएमबि लघुवित्तले २० प्रतिशत लाभांश दिने

एनएमबि लघुवित्तले २० प्रतिशत लाभांश दिने

काठमाडौं, १० मंसिर । एनएमबि लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

जसअनुसार कम्पनीले ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँ बराबरको बोनस तथा ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने एनएमबि लघुवित्तले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *