Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

एडीबीको सहुलियत ऋणमा शुक्लाफाँटाको सडक निर्माण गरिने

एडीबीको सहुलियत ऋणमा शुक्लाफाँटाको सडक निर्माण गरिने

काठमाडौं, १० मंसिर । एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास अयोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा आधुनिक सडक निर्माणकार्य अगाडि बढाइएको छ ।

आयोजनाअन्तर्गत २७ करोड ८७ लाख ८७ हजार रुपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत तीनवटा सडक निर्माण हुन लागेको हो । सडक निर्माणका लागि रमन केएस जेभीसँग ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौता भएको पाँच महिनापछि सडक निर्माण हुन लागेको हो । आयोजनाअन्तर्गत पिपलाडी क्षेत्रमा १.४ किलोमिटर, झलारीको शान्तिपथबाट टोटीसम्म ३ किलोमिटर र झलारीकै सिसैया जाने सडक ३७० मिटर निर्माण गरिन लागेको ठेकेदार कम्पनीका इञ्जीनियर अमरसिंह ऐरले बताए । उनकाअनुसार सडक निर्माणका लागि पहिलो चरणमा सडकको ‘साइड क्लिनिङ’को काम शुरु गरिएको छ ।

‘साइड क्लिनिङ’को काम सकिएपछि सडक क्षेत्रमा पर्ने दायाँबायाँका भौतिक संरचना हटाउने कार्यसँगै सडक कालोपत्रको काम गरिनेछ । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आयोजनाअन्तर्गत पर्ने सडकको दायाँबायाँ पर्ने भौतिक संरचना हटाउनका लागि सम्बन्धित व्यक्तिसँग छलफल गरिने बताइएको छ। सडक निर्माणको काम ठेक्का सम्झौता भएको २० महिनाभित्र पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता गत असार १९ गते भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *