Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुन र चाँदी कै मूल्य घट्यो

सुन र चाँदी कै मूल्य घट्यो

काठमाडौं, १० मंसिर । बुधबार (आज) स्थानीय बजारमा सून र चाँदी कै मूल्य घटेको छ । मंगलबार ९२ हजार ५०० रुपैयाँमा खरिद विक्री भएको छापावाला सुन आज प्रतितोला १ हजार रुपैयाँ घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तोजावि सुनको मूल्य पनि घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x