Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सिभिल बैंकको १० औं वार्षिकोत्सव सम्पन्न

सिभिल बैंकको १० औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, ११ मंसिर । सिभिल बैंकले सेवा संचालनको १० वर्ष पुरा गरि ११ औं वर्षमा प्रवेश गरेको छ । बैंकले बुधबार भर्चुअल माध्यबाट वार्षिकोत्सव कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकको १० वर्षे यात्रामा साथ दिने सम्पूर्णमा कृतज्ञता प्रकट गरेका छन् । साथै, बैंकले विगत १० वर्षमा हासिल गरेका उपलब्धीहरु पनि प्रस्तुत गरेका छन् ।

यस्तै, वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु पनि अघि बढाएको छ । ‘म एक जिम्मेवार सिभिलियन’ भन्ने नयाँ नारासहित विभिन्न कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने प्लाज्मा दान गर्न कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुले प्रतिवद्दता प्रकट गरेका छन् ।

बैंकले ‘हाम्रो टिम नेपाल’ सँग सहकार्य गरी कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन गराउने भएको छ । साथै, काठमाडौंको मातातिर्थमा रहेको मातातिर्थ बृद्धाश्रममा आश्रीत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल बृद्धाश्रमका अध्यक्ष हरी खड्कालाई हस्तान्तरण गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x