हिमालयन बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा
काठमाडौं, १५ मंसिर । हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको उक्त निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ । बैंकले अघिल्लो आर्थिक वर्ष २२ प्रतिशत लाभांश दिएको थियो ।