मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यालय लजिम्पाटमा निर्माण गरिने
काठमाडौं, १५ मंसिर । मुक्तिनाथ विकास बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. ३, लाजिम्पाटमा केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ। बैंकले आज आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास गरेको छ।
बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने हेतुले काम थालेको उनले बताए ।
यस बैंकले हाल १ सय ३८ वटा शाखाबाट वित्तीय सेवा दिदै आएको जानकारी दिएको छ।