बैंक अफ काठमाण्डुले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने
काठमाडौं, १६ मंसिर । बैंक अफ काठमाण्डूले १० वर्ष अवधिको ऋण पत्र निष्कासन गर्ने भएको छ । बैंकले मंसिर २४ गतेबाट २८ गतेसम्म प्रति कित्ता १००० रुपैयाँ दरको एक अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । यो अवधिमा बिक्री नभए ढिलोमा पुस ८ गतेसम्म निष्कासन गरिने बैंकले जनाएको छ।
६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ भने यसमध्येको ५ प्रतिशत अर्थात ३२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ९६ करोड रुपैयाँ बराबरको ऋणपत्र विभिन्न ब्यक्ति तथा संस्थाहरुलाई ‘प्राइभेट प्लेसमेन्ट’ मार्फत बिक्री गरिने छ।
यो ऋणपत्रको ब्याजदर ८.५ प्रतिशत हुनेछ। न्यूनतम २५ र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ।