Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

विश्वभरका धार्मिक पर्यटकलाई पशुपति भित्र्याउने गरि काम गछौं : मन्त्री भट्टराई

विश्वभरका धार्मिक पर्यटकलाई पशुपति भित्र्याउने गरि काम गछौं : मन्त्री भट्टराई

काठमाडौं, १७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको जानकारी दिएका छन् । पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकले संयुक्त रुपमा संस्थापना गरेको वातावरणमैत्री शवदाह गृह हस्तान्तरणका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले प्रस्तावित गुरुयोजनालाई अन्तिमरुप दिन मन्त्रालयले प्राविधिक समिति गठन गरेको जानकारी दिए ।

समितिले स्थानीयवासी सहित सरोकार निकायसँग छलफल गरी तीन महिनाभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने बताए । मन्त्रिपरिषद्ले स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक, सांस्कृतिक सम्पदालाई खुला गर्ने निर्णय गरेको भन्दै उनले कोरोना सङ्क्रमण नफैलने गरी कोषले दर्शनार्थीलाई मन्दिर प्रवेश गराउने बताए ।

यस्तै, कार्यक्रममा कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रमा शवदाह गर्नेको संख्या बढ्न थालेकाले विभिन्न संघसंस्थासँगको सहकार्यमा शवदाह गृह बढाउन लागिएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x