Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संघ र प्रदेशमा उस्तै किसिमको कर नलगाउन अर्थमन्त्री पौडेलसँग उद्योगी व्यवसायीको माग

संघ र प्रदेशमा उस्तै किसिमको कर नलगाउन अर्थमन्त्री पौडेलसँग उद्योगी व्यवसायीको माग

काठमाडौं, १७ मंसिर । उद्योगी व्यवसायीले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी आफूहरू दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन् ।

संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीले बताए । महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खसेको बताए । यसरी दुई सरकारबाट कर अशुली गर्नु कानुनविपरीत भएको उनले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरे । सरकारले निर्यातलाई अझ बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए । रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रूपमा हेर्न सुझाव दिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताए । निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धिजस्ता सपना सार्थक तुल्याउन सक्दैनौँ भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताए । कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत वा मौद्रिक नीतिमार्फत सम्बोधन गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x