Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

वैदेशिक रोजगारीमा जानेले बीमा र कल्याणकारी कोषको रकम इ–सेवाबाट भुक्तानी गर्न सक्ने

वैदेशिक रोजगारीमा जानेले बीमा र कल्याणकारी कोषको रकम इ–सेवाबाट भुक्तानी गर्न सक्ने

काठमाडौं, १७ मंसिर । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इ–सेवाबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । यो व्यवस्थासँगै वैदेशिक रोजगारमा जाँदा इ–सेवा खाता भएकाहरुले सिधै इ–सेवाबाट भुक्तानी गर्न सक्नेछन् । इ–सेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् । सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशिक रोजगार म्यादी बीमाको इ–सेवामार्फत भुक्तानी गर्न सकिने छ ।

यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुबै किसिमको भुक्तानी गर्न सकिन्छ । पहिले रोजगारका लागि विदेश गईसकेका र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाइन फारम भरी इ–सेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सक्ने छन् ।

यस्तै म्यानपावर मार्फत वैदेशिक रोजगारमा पठाउने मेनपावर कम्पनीले पनि एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सक्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x