संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषमा दातृ निकायले ३७ करोड डलर उपलब्ध गराउने
काठमाडौं, २५ मंसिर । संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषमा ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी रकम उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । यो प्रतिबद्धता आगामी वर्ष सन् २०२१ का लागि हो ।
राष्ट्रसंघीय कोषले सार्वजनिक गरेको विज्ञप्तिमा यस वर्ष कूल ६२ करोड डलर कोषलाई प्राप्त भएको छ । कोषले १ अर्ब डलर सहायता जुटाउने लक्ष्य राखेको छ । आपतकालीन परिस्थितिमा तत्काल सेवा पुर्याउन यस्तो कोष अति प्रभावकारी हुने गरेको छ। कोषले हालसम्म झण्डै ७ अर्ब डलर मानवीय सेवामा खर्च गरिसकेको छ ।