Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मेड्पा कार्यक्रममार्फत ६३ हजार नयाँ उद्यमी सृजना गरिँदै

मेड्पा कार्यक्रममार्फत ६३ हजार नयाँ उद्यमी सृजना गरिँदै

काठमाडौं, २५ मंसिर । गरिबी निवारणका लागि अघि सारिएको लघु उद्यम विकास कार्यक्रम (मेड्पा)मार्फत यस वर्ष ६३ हजार नयाँ उद्यमी सृजना गरिने भएको छ । उक्त कार्यक्रम कार्यान्वयनमा लैजान सरकारले सातवटै प्रदेशका लागि आवश्यक विज्ञ र अधिकृत समेत तोकेको छ ।

विज्ञ तथा प्राविधिकको सहयोगमा उक्त संख्यामा नयाँ लघु उद्यमी तयार गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. नारायणप्रसाद रेग्मीका अनुसार कार्यक्रम सञ्चालनको क्रममा उनीहरूले आवश्यक प्राविधिक सहायता गर्नेछन् ।

७५३ वटा स्थानीय तहमा सञ्चालन हुने मेड्पा कार्यक्रममा एकरूपता ल्याउन सरकारले ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७’ समेत मन्त्रिपरिषद्बाट स्वीकृत गराइसकेको छ । उक्त निर्देशिकाले कार्यक्रम सञ्चालन मोडालिटी र प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा सरकारले गरेको छ ।

नेपालमा गरिबी निवारणका लागि दिगो विकास लक्ष्य, दीर्घकालीन रणनीति तथा १५औं योजनासहित सरकारका सबै नीति तथा कार्यक्रमले मेड्पा कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x