सिनर्जी पावरले पुस २२ मा एकै पटक तीनवर्षको साधारण सभा गर्ने
काठमाडौं, १ पुस । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको १२औं, १३औं र १४औं वार्षिक साधारण सभा यही पुस २२ हुने भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४–७५, २०७५–७६ र २०७६–७६ को वार्षिक प्रतिवेदन गरी पारित गर्ने छ ।
साथै चालू आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण समेत गर्ने जानकारी दिईको छ।
सभाको विशेष प्रस्तावमा ४. ७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने छ।