एनएमबि बैंकले १६.२० प्रतिशत लाभांश दिने
काठमाडौं, ६ पुस । एनएमबि बैंकले १६.२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.२० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले यसपटक १ अर्ब ८७ करोड ८२ लाख ७ हजार ८ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने छ भने ४६ करोड २३ लाख २८ हजार ९४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष बैंकले ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।