Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रभु लाइफको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन, ‘पूँजीबजार विकासमा कम्पनीको प्रयासको महत्वपूर्ण उपलब्धि : सीडीएससी

प्रभु लाइफको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन, ‘पूँजीबजार विकासमा कम्पनीको प्रयासको महत्वपूर्ण उपलब्धि : सीडीएससी

काठमाडौं, ६ पुस । मंसिर २९ देखि पुस २ गतेसम्म निष्कासन भएको प्रभु लाइफ इस्योरेन्स कम्पनीको प्राथमिक निष्कासन (आईपीओ)मा हालसम्मकै अधिक संख्यामा खरिद आवेदन परेका छन् । सर्वसाधारणका लागि जम्मा निष्कासन गरिएको उक्त कम्पनीको ५४ लाख कित्ता साधारण शेयर खरिदका लागि जम्मा १० लाख ८२ हजार २२९ वटा आवेदन मार्फत २ करोड ९३ लाख ६७ हजार २४० कित्ता खरिदका लागि आवेदन प्राप्त भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले बताएको छ ।
आवेदन संख्याका आधारमा उक्त संख्या हालसम्मकै उच्च रहेको र सोमध्ये ९ लाख ५ हजार १७२ वटा आवेदन ‘मेरो शेयर’ मार्फत प्राप्त भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सी आस्बा प्रणालीमार्फत प्रथम पटक निष्कासन हुँदा आवेदन संख्या १ लाख ८६ हजार ३८ रहेकोमा ३ वर्षको अवधिमा नै सो संख्यामा करिब ६ गुणाले वृद्धि भएको छ ।
सार्वजनिक निष्कासनमा लगानीकर्ताको यस किसिमको आकर्षणलाई पूँजी बजारको विकासका लागि कम्पनीले गरेको अथक प्रयासको महत्वपूर्ण उपलब्धि मानेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x