Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गैरआवासीय नेपाली संघद्वारा पहिलो ‘मोबाइल ब्लड बस’ हस्तान्तरण

गैरआवासीय नेपाली संघद्वारा पहिलो ‘मोबाइल ब्लड बस’ हस्तान्तरण

काठमाडौं, ६ पुस । गैरआवासीय नेपाली संघ (एनआरएन)ले ‘घुम्ती रगत बस परियोजना’ अन्तर्गत पहिलो ‘मोबाइल ब्लड बस’ नेपाल रेडक्रस सोसाइटी चितवन क्षेत्रीय रक्त संचार, भरतपुरलाई प्रदान गरेको छ । प्रतिकुल मौसममा रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउने उद्देश्यले संघले पुस ३ गते उक्त बस भरतपुर महानगरपालिकामार्फत हस्तान्तरण गरेको हो ।
संघको उपाध्यक्ष डा. बद्रि के. सी. को अध्यक्षता भरतपुर महानगरपालिकाको प्रमुख रेणु दाहालको प्रमुख अतिथ्य र नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखाका सभापति ज्ञानशाली न्यौपानेको विशिष्ट अतिथ्यमा भएको उक्त कार्यक्रममा संघको तर्फबाट संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, सचिव आर. के. शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल, सल्लाहकार रामेश्वर साह र सोम सापकोटा, मध्य पूर्वीय उपसंयोजक मनोज गोर्खाली, विभिन्न कार्यदल तथा समितिहरुका संयोजक तथा सदस्यहरु, राष्ट्रिय समन्वय परिषदहरुका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता थियो ।
‘नेपालीका लागि नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै गैरआवासीय नेपाली संघले रक्तसंचार पद्धति कार्यदल स्थापना गरेको छ । यस कार्यदलले नेपालमा रगत भण्डारण सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसंचार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x