Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

श्री इन्भेष्टमेन्टको लाभांश घोषणा

श्री इन्भेष्टमेन्टको लाभांश घोषणा

काठमाडौं, ७ पुस । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ७.३७ प्रतिशतका दरले बोनश शेयर र ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। हाल कम्पनीको चुक्तापूँजी ८२ करोड ९० लाख रुपैयाँ कायम रहेको छ ।

प्रस्तावित लाभांश आगामी पुस २९ गते हुने फाइनान्सको २६ औँ वार्षिक साधारणसभाले पारित गरी वितरण हुनेछ । पुस ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x