Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला

काठमाडौं, ७ पुस । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले पुस ७ गते (आज) देखि २१ गतेसम्म संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीदका गर्न योग्य व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले पुस ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य ३२२ रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

आवेदकले न्यूनतम २५ हजार कित्ताका लागि र सो भन्दा बढी शेयर खरीद गर्नका लागि १० अंकले भाग जाने अंक तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x