Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सहकार्य सम्झौता

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सहकार्य सम्झौता

काठमाडौं, ७ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले पोखरास्थीत मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग विभिन्न सेवामा छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका अध्यक्ष रमेश कुमार थापा र मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटलमा सेन्टरको विभिन्न सेवामा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड–१९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x