Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मंगलबार नेप्से परिसूचक ९५ अंकले वृद्धि, ६ अर्ब ७४ करोड रुपैयाँको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ९५ अंकले वृद्धि, ६ अर्ब ७४ करोड रुपैयाँको शेयर कारोबार

काठमाडौं, ७ पुस । मंगलबार (आज) लगातार उकालो लागेको शेयर बजार ९५.४६ अंक वृद्धि भई २०६१.४१ विन्दुनमा पुगेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै उकालो लागेको बजारमा आज ६ अर्ब ७४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । २०५ कम्पनीको १ करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर खरिद विक्री भएको छ ।

सार्वाधिक शेयर खरिद विक्री शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । आज शिखर इन्स्योरेन्सको शेयर मूल्य १ हजार ८२६ रुपैयाँ कायम भएको छ । त्यस्तै नविल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, सन्जेन जलविद्युत कम्पनी लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढिले वृद्धि भएको छ ।

नारायणी डेभलपमेण्ट बैंक लिमिटेड र यूनाइटेड इदी मार्दी आरबी हाईड्रोपावर लिमिटेडको शेयर मूल्य भने ९ प्रतिशतभन्दा बढी घटेको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ८६ करोड ३६ लाख ८२ हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहकै परिसूचक वृद्धि भएको छ । आज सर्वाधिक परिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ । यो समूहको ७.४३ प्रतिशतले परिसूचक वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x