Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साताको अन्तिम दिन नेप्से परिसूचक २९ अंकले घटेसँगै कारोबार रकम पनि घट्यो

साताको अन्तिम दिन नेप्से परिसूचक २९ अंकले घटेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, ९ पुस । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । गत कारोबार दिनहरुमा लगातार उच्च अंकले बढेको नेप्से परिसूचक आज २९.८३ अंक घटेर २०३८.६३ विन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज झण्डै एक अर्ब ५० करोड रुपैयाँ घटेर ५ अर्ब ३६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

२०४ कम्पनीको ९८ लाख ६० हजार ५३६ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नविल बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ६१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो बैंकले २७ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश दिने घोषणा गरेकोले शेयर बढी विक्री भएको हो । यो बैंकले ३५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सले पनि ५१ प्रतिशत लाभांश दिने घोषणा गरेकोले यो कम्पनीको पनि सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ५९ करोड ८१ लाख रुपैयाँको शेयर खदिर विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूह र होटल समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहका परिसूचक घटेको छ । आज उद्योग समूहको ०.८७ प्रतिशत र होटल समूहको ४.९१ प्रतिशतले परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा जीवन बीमा समूह रहेको छ । यो समूहको ३.०६ प्रतिशत परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x