Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी समझदारी

ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी समझदारी

काठमाडौं, ९ पुस । ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच निर्यात सहजीकरणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी भएको छ । महासंघमा आबद्ध सदस्य संघसंस्थाहरूलाई सहुलियतपूर्ण कर्जाका साथै सरल–सहज बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा बिहीवार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । बैंकले महासंघका सदस्यहरूलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहज रूपमा उपलब्ध गराउनेछ । यस्तै बैंकले निकासी डकुमेण्ट खरीद, नगद अनुदान, पुनर्कर्जा, विदेशी मुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धित अन्य सेवा समेत उपलब्ध गराउनेछ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पु¥याउनु रहेको बताए । ‘बैंकले निर्यात व्यवसायको प्रवद्र्धनमा विशेष सुविधा दिनेछ,’ उनले भने, ‘साथै महासंघमा आबद्ध भएका निर्यात व्यवसायीलाई आवश्यकतानुसार अल्पकालीनदेखि दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत वज्राचार्यले बैंक पनि निजीक्षेत्रको एक संस्था भएकाले निजी क्षेत्रका बैंकिङ समस्या समाधान गर्दै एकआपसमा सहकार्य गर्ने बैंकको उद्देश्य रहेको बताए । यस्तै महासंघका महासचिव दुर्गा विक्रम थापाले कोभिड अगाडिको वर्ष ९५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको र अबका दिनमा निर्यातलाई प्रवद्र्धन गर्न महासंघले विशेष कार्यक्रम गर्ने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x