Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लुम्बिनी प्रदेशमा श्रमबजारको सूचना प्रणाली विकास परियोजनाको सुरुवात

लुम्बिनी प्रदेशमा श्रमबजारको सूचना प्रणाली विकास परियोजनाको सुरुवात

काठमाडौं, ९ पुस । विभिन्न उद्योगहरुको मागअनुरुप श्रमबजारको सूचना सम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले नेपालका प्रमुख ५ वटा रोजगारदाता संस्थाहरूको संयुक्त पहलमा सचिवालय गठन गरी श्रम सुचनामा रोजगारदाताको माग अनुरुप कार्य गर्न ईएलएमएस परियोजना शुरू गरिएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित एक कार्यक्रमा प्रदेश प्रमुख धर्मनाथ यादवले सो परियोजनाको सुरुवात गरेका हुन् ।
कार्यक्रममा प्रदेश प्रमुखले परियोजनाले कृषि, निर्माण र पर्यटन लगायत विविध क्षेत्रको समग्र शीप पहिचान गरी आवश्यक शीपहरुको एकरुपता कायम गर्दै सरकारलाई सो अनुरुप नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्राविधिक एवम् व्यावसायिक तालिम प्रदान गर्ने संस्थाले दिने गरेको तालिम तथा शिप र उद्योगको आवश्यकताबीच बेमेल रहेको बताए । यस्तो समस्यालाई दृष्टिगत गरी नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रमुख संस्थाहरुले श्रम बजार अनुसार जनशक्ति पहिचान गर्ने कार्यको लागि सहकार्य प्रारम्भ गरेको समेत जानकारी उनले दिए ।
सो कार्यक्रममा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसी, भौतिकपूर्वाधार विकास मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले यस परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रका रोजगारदाताको मागअनुसारको प्राविधिक मानवस्रोत उत्पादन गर्न महत्वपूर्ण र सान्दर्भिक हुने बताए ।
कार्यक्रमा प्रदेश योजना आयोगका उपाध्यक्षप्रा. डा. ईश्वर गौतमले विशिष्ठ अतिथिको रुपमा बोल्दै निजी क्षेत्रले तथ्यांकीय विवरण संकलन गर्ने कार्यमा सक्रियता देखिएको कार्यलाई सराहना गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x