ग्लोबल आइएमई बैंकद्वारा दाङ र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात
काठमाडौं, १२ पुस । ग्लोबल आइएमई बैंकले दाङको बबई गाउँपालिका–४ हापुरे रनवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४३ पुगेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट ग्राहकले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, एनटीसी, सीडीएमए, युटीएल, डिस हामेको महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको बताएको छ ।