Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपालमै उत्पादन गरिएका वस्तु निर्यातमा जोड दिनुपर्ने (भिडियो सामाग्री)

नेपालमै उत्पादन गरिएका वस्तु निर्यातमा जोड दिनुपर्ने (भिडियो सामाग्री)

काठमाडौं, १२ पुस । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १० प्रतिशतले घटेको छ भने निर्यातमा पाँच प्रतिशतले वृद्धि भएको छ । चालु आवको पाँच महिनाको अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । त्यस्तै ५ महिनाको अवधिमा ५० अर्ब ५ करोड ५६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

कोरोना महामारीका कारण सिमा नाका बन्द हुँदा र बस्तु खपतमा कमी आएकाले आयातमा पनि कमी भएको विज्ञ बताउँछन् । निर्यात वृद्धिको तथ्यांक देखिएको भएपनि यो दिगो हुनेमा विज्ञको आशंका छ । सरकारले भन्सार छुट दिएका बस्तुहरु बढीमात्रामा निर्यात हुने भएकाले निर्यात वृद्धि स्थायी हुन नसक्ने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x