Shangrila

आइतबार नेप्से परिसूचक ४० अंकले घट्यो, ४ अर्ब ६२ करोड रुपैयाँको शेयर कारोबार

काठमाडौं, १२ पुस । सताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ३९.९८ अंक घटेर बन्द भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक २०४७ बिन्दुबाट १९९८.६५ विन्दुमा झरेर बन्द भएको हो ।

आज २०४ कम्पनीको ८१ लाख ७७ हजार ३५३ कित्ता शेयर ४ अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खदिर विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ६७ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । त्यस्तै नविल बैंकको ४० करोड ३९ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यो बैंकको प्रतिकित्ता ९.८१ प्रतिशत शेयर मूल्य वृद्धि भएको छ । यो बैंकको शेयर मूल्य ४१४ रुपैयाँ कायम भएको छ । आज विशाल बजार कम्पनी लिमिटेड र सोल्टी होटल लिमिटेडको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *