Date

शनि, माघ ५, २०८१
Sat, January 18, 2025

यस वर्ष धानको उत्पादकत्व हालसम्मकै उच्च

यस वर्ष धानको उत्पादकत्व हालसम्मकै उच्च

काठमाडौं, १४ पुस । मुलुकमा यस वर्ष धान उत्पादकत्व बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष धानको उत्पादकत्व ३.८२ पुगेको छ, जुन गतवर्षको भन्दा ०.२८ प्रतिशत बढी हो । मन्त्रालयका अनुसार यो उत्पादकत्व हालसम्मकै उच्च समेत हो ।

समग्रमा यस वर्ष धानको धान उत्पादन भने १.२८ प्रतिशतले बढेको छ । यसपटक मुलुकमा कुल ५६ लाख २१ हजार ७१० मेट्रिक टन (मेटन) धान उत्पादन भएको हो, जुन गतवर्षको तुलनामा ७० हजार ८३१ मेटन बढी हो । मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै गतवर्ष १४ लाख ५५९ हेक्टरमा धान खेती भएकोमा यस वर्ष बढेर १४ लाख ७३ हजार ४७४ हेक्टर पुगेको थियो ।

प्रदेशगत रूपमा भने सबैभन्दा बढी उत्पादन प्रदेश २ मा भएको छ । प्रदेश २ मा तीन लाख ८२ हजार २७५ हेक्टरमा खेती भएकोमा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा उत्पादन भएको छ । यस प्रदेशमा ३९ हजार ४१ हेक्टरमा खेती गरिएकोमा १ लाख ३७ हजार १६५ मेटन मात्र उत्पादन भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x