Date

बिहि, पुस १८, २०८१
Thu, January 2, 2025

रसुवा एकीकृत भन्सारको निर्माण ४५ प्रतिशत

रसुवा एकीकृत भन्सारको निर्माण ४५ प्रतिशत

रसुवा, १६ पुस । नेपालको उत्तरी नाका रसुवामा निर्माण हुन लागेको एकीकृत भन्सारको संरचना निर्माणले तीव्रता पाएको छ । एकीकृत भन्सारको समग्र प्रगति ४५ प्रतिशत रहेको प्राविधिकले बताएका छन् ।

भन्सार, अध्यागमन, मुद्रा सटही बैंकलगायतका निकाय एउटै भवनमा स्थापित गराई भन्सारको सेवा छिटो छरितो प्रदान गर्ने उद्देश्यले सीमा क्षेत्रको ऐतिहासिक गढीमा चार तल्ले एकीकृत भन्सार र सुरक्षा अंगका लागि छुट्टै पाँच तल्लेसमेतका दुई वटा भवनको निर्माण कार्य अगाडि बढेको राससमा उल्लेख छ ।

रविना र श्यामसुन्दर निर्माण सेवा जेभी निर्माण सेवाद्वारा निर्माण कार्य अगाडि बढेको उक्त एकीकृत भवनको पहिलो तल्लाको ढलान र सुरक्षा भवनको पिल्लर उठाउने काम सम्पन्न भएको हो । निर्माण कार्यमा हाल ३५ मजदूर कार्यरत रहेका र एकीकृत भन्सार भवनको समग्र प्रगति ४५ प्रतिशत रहेको निर्माणमा संलग्न प्राविधिकले बताएका छन् । एकीकृत भन्सारको हाताभीत्र राखिने सुरक्षा अंगको ब्यारेक भवन निर्माणका लागि जगको सतह मिलाइ पिल्लर उठाउने काम भइसकेकाले १२ प्रतिशत मात्र प्रगति हासिल गरेको साइट इञ्चार्ज इञ्जिनीयर योगेन्द्र तुम्बाहाम्फले बताएका छन् ।

रू. ५४ करोड ८५ लाख ५५ हजार ८२९÷२५ को लागतमा एकीकृत भन्सार, सुरक्षा ब्यारेक एवं दायाँतर्फको पहरामा जाली राख्ने कामसमेत एकसाथ काम अगाडि बढिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x