Date

शनि, साउन १२, २०८१
Sat, July 27, 2024

नेपाल टेलिकमको आइपी टिभी शुक्रवारदेखि सञ्चालन हुँदै, ७७ वटै जिल्लामा विस्तार गर्ने

नेपाल टेलिकमको आइपी टिभी शुक्रवारदेखि सञ्चालन हुँदै, ७७ वटै जिल्लामा विस्तार गर्ने

काठमाडौं, १६ पुस । नेपाल टेलिकमले काठमाडौं उपत्यकामा भोलि (शुक्रवार)देखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच)मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो । कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ । तत्कालका लागि उक्त सेवा काठमाडौँ उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ ।
यसैगरी पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटिटिएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटिटिएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने बताइएको छ । साथै ७७ वटै जिल्लामा विस्तार गर्दै जाने योजना टेलिकमको छ ।
हाल एफटिटिएच सेवामार्फत भ्वाइस तथा डाटा सेवा वा दुवै सेवा लिइरहेका ग्राहकहरुले एनटी टिभी सेवा प्राप्त गर्न नजीकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् । उनका अनुसार उक्त टिभी सेवा ग्रयोग गर्न ग्राहकले कम्पनीबाट सेटअप बक्स खरीद गर्नुपर्दछ भने हाल प्रयोगमा रहेको पुरानो तथा आधुनिक (नयाँ) टिभी सेटमा एनटी टिभी हेर्न सकिनेछ ।
विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले बताएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिकमा सार्वजनिक गरेको भदौसम्मको तथ्यांक अनुसार टेलिकमका एफटीटीएच ग्राहक देशैभर दुई लाख ४३ हजार २१४ रहेका छन् । टेलिकमले ७३ जिल्लामा पु¥याएको यस्तो द्रुत गतिको इन्टरनेट सेवालाई छिट्टै ७७ जिल्लामा पु¥याइने योजना रहेको पपि टेलिकमले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x