Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

नेप्से परिसूचक २०८७.२७ विन्दुमा, १ करोडभन्दा बढी कित्ता शेयर खरिद विक्री हुँदा ५ अर्बमाथि कारोबार

नेप्से परिसूचक २०८७.२७ विन्दुमा, १ करोडभन्दा बढी कित्ता शेयर खरिद विक्री हुँदा ५ अर्बमाथि कारोबार

काठमाडौं, १६ पुस । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक २५.२१ अंक वृद्धि भई २०८७.२७ विन्दुमा रोकिएको हो । हिजोको तुलनामा परिसूचक १.२२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २०० कित्ता शेयर ५ अर्ब ७० करोड ३४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ६ हजार २८१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खदिर विक्री हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको ४६ करोड ८८ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ५ हजार २८० रुपैयाँ कायम भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य १७ रुपैयाँ घटेको छ । यो बैैंकको प्रतिशेयर मूल्य ४३३ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये निर्जीवन बीमा समूहको परिसूचक १.०१ प्रतिशत घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य उद्योग समूहको ८.८९ प्रतिशत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *