Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइएमई ‘भरोसा कोश’को रकम गण्डकी प्रदेशमा वितरण शुरू

आइएमई ‘भरोसा कोश’को रकम गण्डकी प्रदेशमा वितरण शुरू

काठमाडौं, १६ पुस । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यले स्थापित आइएमई ‘भरोसा कोश’को रकम गण्डकी प्रदेशमा पनि वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
पुस १० गते शुक्रवार प्रदेश नं ४ को पर्वतमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल र आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि किशोर शर्माले आवेदक स्व. सन्तोष लामिछानेका बुवा दोलकराज जैसीलाई संयुक्त रूपमा चेक हस्तान्तरण गरे । आइएमई पे वालेट मार्फत रकम भुक्तानी लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशी पुसमसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।
कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारलाई आर्थिक राहत उपलब्ध गराउने उद्देश्यले आईएमइले भरोसा कोशको स्थापना गरेको हो ।
सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरी व्यवस्था मिलाइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x