Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

क्लब हिमालयन गरकोटमा ‘न्यू इयर’ स्पेशल कार्यक्रम हुने

क्लब हिमालयन गरकोटमा ‘न्यू इयर’ स्पेशल कार्यक्रम हुने

काठमाडौं, १६ पुस । नगरकोटको उत्कृष्ट होटल क्लब हिमालयन गरकोटले नयाँ वर्ष २०२१ लाई विशेष बनाउने उद्देश्यका साथ डिसेम्बर ३१ र जनवरी १ मा प्रख्यात सांगितिक ब्याण्डहरुबाट सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ । आबीट्रेरी एक्सपेरियन्स २०२१ नाम दिईएको यस सांगितिक कार्यक्रममा सुवेक्षा राई कोइराला र सन्देश आशिस मर्हजन, सन्देश रोजिलेन्ड श्रेष्ठ, रन्जित नेपाली र ईलिमेन्स् ब्यान्डले आप्mनो सांगितिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने डिजे वि.पी.एम, डिजे सेसी र डिजे दानले डिजेको भुमिका निर्वाह गर्नेछन् ।

विशेष गरीआन्तरिक पर्यटकलाई लक्षित गरी आयोजनागरिएको यस अफरमा रु. १० हजार मै एक जोडीले बेड एण्ड ब्रेक फास्टसहितको क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् ।
उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको यस होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सीमितपाहुनालाई मात्र सेवादिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x