Shangrila

मुलुकको उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता घट्यो

काठमाडौं, १६ पुस । मुलुकको समग्र उद्योग क्षेत्रमा आउने लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योग क्षेत्रको लगानी प्रतिबद्धता १६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँले घटेको छ ।

चालू आवको मंसिर मसान्तसमममा स्वदेशी एवं विदेशी लगानीकर्ताले नेपालको उद्योग क्षेत्रमा ६९ अर्ब ३५ करोड २९ लाख रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गत आवको सोही समयमा उद्योग क्षेत्रमा ८५ अर्ब ८३ करोड ८७ लाख रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता आएको थियो । गत आवको तुलनामा चालू आवको उक्त अवधिमा आएको लगानी प्रतिबद्धता करिब १९ प्रतिशतले कम हो ।
चालू आवको ५ महिनामा कुल ९० वटा उद्योग स्थापनाका लागि भन्दै उक्त लगानी प्रतिबद्धता आएको हो । यसबाट ५ हजार ५१६ जनाले रोजगारी पाउने उल्लेख छ ।
गत आवको सोही अवधिमा भने १६८ वटा उद्योग स्थापनाका ८५ अर्ब ८३ करोड ८७ लाख रुपैयाँको प्रतिबद्धता आएको थियो । यसबाट ११ हजार ११३ जनालाई रोजगारी दिइने लगानीकर्ताले जानकारी दिएका थिए ।

लगानीकर्ताहरूले कृषि तथा वन पैदावार, ऊर्जा, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादन, सेवा र पर्यटनमूलक उद्योग स्थापनाका लागि प्रतिबद्धता व्यक्त गर्दै आएका हुन् । चालू आवको मंसिर मसान्तमा ऊर्जा क्षेत्रका उद्योगमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा यस क्षेत्रमा ५३ अर्ब ६३ करोड बराबरको लगानी प्रतिबद्धता व्यक्त गरिएको हो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *