Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषकलाई भुक्तानी नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल पक्राउ

कृषकलाई भुक्तानी नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं, १६ पुस । कृषकलाई भुक्तानी नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले बिहीबार बिहान अग्रवाललाई पर्साबाट पक्राउ गरेको हो ।

उखु किसानलाई उद्योगले दिनुपर्ने बक्यौता रकम नदिएको आरोपमा अग्रवाललाई पक्राउ गरिएको हो । उखु किसानलाई बक्यौता रकम नदिएको भन्दै अग्रवाललाई पक्राउ गर्न पुर्जी जारी भएको थियो । त्यसपछि फरार रहेका उनलाई आज बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x