Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

डिप्रोक्स लघुवित्तले नाडेपलाई प्राप्ति गर्ने सहमतिपत्रमा हस्ताक्षर

डिप्रोक्स लघुवित्तले नाडेपलाई प्राप्ति गर्ने सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं, १६ पुस । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । बुधबार २ लघुवित्तबीच प्राप्ति सम्झौतामा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् ।

स्तरीय लघुवित्त सेवा प्रदान गर्नका लागि डिप्रोक्सले नाडेपलाई प्राप्ति गर्न लागेको जनाएको छ । प्राप्ति सम्झौतासँगै बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नाडेपको शेयर कारोबार रोक्का भएको छ ।

हाल डिप्रोक्स लघुवित्त को चुक्तापूँजी १ अर्ब ५४ लाख रहेको छ भने नाडेपको चुक्तापूँजी ४० करोड ४८ लाख रहेको छ । प्राप्तिको शेयर स्वाप भने डिडिए पश्चात तय गरिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x