Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कृषिमा वैदेशिक लगानी खुला : अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने कृषि उद्योगीको ठहर

कृषिमा वैदेशिक लगानी खुला : अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने कृषि उद्योगीको ठहर

काठमाडौं, २२ पुस । कृषिमा शर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुलाउने सरकारको निर्णयविरुद्ध कृषि क्षेत्रका उद्योगीले विरोध गरेका छन् । डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, मत्स्यपालन सङ्घ र केन्द्रीय पशुपछी पालन संघका प्रमुख प्रतिनिधिले काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी उक्त निर्णयप्रति आपत्ति व्यक्त गरेका हुन् ।
डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एशोसिएशनका महासचिव राधाकृष्ण सापकोटा, केन्द्रीय दुग्ध सहकारी सङ्घका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटा र केन्द्रीय पशुपछीपालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले सरोकारवालासँग विना छलफल किसान र उद्यमीका हितविपरीत अपारदर्शी रूपमा गरिएको निर्णयले कृषि क्षेत्रमा वैदेशिक लगानीले मुलुकको अर्थतन्त्रमा गम्भीर र दीर्घकालीन असर पर्ने बताएका छन् ।
यसअघि पटकपटक विभिन्न माध्यमबाट कृषिमा वैदेशिक लगानी भिœयाउने अभ्यास भएका थिए । चैत ४ को २०७५ मा बसेको प्रतिनिधिसभाको बैठकले संशोधनसहित पारित गरेको सो सम्बन्धी विधेयक र २०७५ चैत ८ मा बसेको राष्ट्रियसभाको बैठकले संशोधनसहित फिर्ता पठाउने गरी पारित गरेको थियो ।
पुस २० गतेको मन्त्रिपरिषद्को बैठकले शर्तसहित डेरी उद्योग, पशुपन्छी मत्स्य, तथा मौरीपालन, फलपूmल, तरकारी र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको भोलिपल्टै संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी वैदेशिक लगानी बहिष्कार गर्नुपर्ने धारणा उक्त संस्थाका अगुवाले व्यक्त गरेका छन् ।
नेपाली उद्यमीका कृषि क्षेत्रमा रू. ८५ अर्बको लगानी छ । माौरीमा ४ चार अर्ब, माछामा ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब दाना तथा कुखुरापालनमा ४० अर्ब लगानी रहेको छ भने उद्योग सञ्चालनबाट १५ लाखभन्दा धेरै साना कृषक तथा श्रमिकमा रोजगारी सिर्जना भइरहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x