Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

आरटीजीएस प्रणालीमा थप १० बैंक तथा वित्तीय संस्था आबद्ध

आरटीजीएस प्रणालीमा थप १० बैंक तथा वित्तीय संस्था आबद्ध

काठमाडौं, २४ पुस । रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)मा थप १० बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका अनुसार ‘ख’ र ‘ग’ वर्गका उक्त संख्यामा वित्तीय संस्थाहरू आज (शुक्रवार) देखि आरटीजीएस प्रणालीमा डाइरेक्ट पार्टनरको रूपमा आबद्ध भएका हुन् ।
यसरी आबद्ध हुने बैंक तथा वित्तीय संस्थाहरूमा ज्योति विकास बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आइसिएफसि फाइनान्स, गरिमा विकास बैंक र मञ्जुश्री फाइनान्स लिमिटेड रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *